त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्दै

त्रिकोणात्मक टी-२० सिरिज काठमाडौँमा आज (मंगलबार) देखि सुरु हुँदैछ । सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित छन् । सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:३० मा सुरु हुने छ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को पहिलो श्रृंखला सकिएसंगै  विश्वकप टी-२० विश्वकपको तयारीस्वरूप घरेलु मैदानमा यो सिरिज हुन लागेको हो ।



आगामी जुनमा हुने टी-२० विश्वकपमा नेपाल, नामिबिया र नेदरल्यान्ड्स पनि टी-२० विश्वकपको छनोट भएसंगै सबै टोलीले टी-२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेल्न लागेका हुन् । भर्खरै सम्पन्न भएकाे विश्वकप लिग- २ अन्तर्गतकाे घरेलु सिरिजमा नेपालले ४ खेलमा एक मात्र जित हासिल गर्दै तेस्रो स्थानमा रह्यो भने समान खेलमा नामिबियाले तीनमा जित हात पार्दै शीर्ष स्थानमा र समान खेलमा नेदरल्यान्ड्स दुईमा जित निकाल्दै दोस्रो स्थानमा रह्याे ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिममा  आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा रहेका छन् ।

 

सम्बन्धित समाचार