१८ र १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१८ वर्षीया र १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ, शुक्लागण्डकी नगरपालिका-१२ फिरफिरे बडडाँडा बस्ने ४१ वर्षीय युका भन्ने युवराज गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले १८ वर्षीया किशोरीलाई गत असोज २९ गते र १५ वर्षीया किशोरीलाई फागुन २ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार