त्रिकोणात्मक टी-२० शृंखलामा नेपालद्वारा नेदरल्यान्ड्स ६ विकेटले पराजित   

राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटको  पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रनमा समेटिएको थियो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २३१ रन बनाए भने टिम भान डेर गुग्टेनले २४ रन जोडे  । त्यस्तै रोलोफ भान डेर मार्वी २३ रनमा अविजित रहँदा कप्तान स्कट एड्वार्डसले १८ रन जोडे ।



नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए भने , करण केसी र कुशल मल्लले समान दुई-दुई विकेट लिंदा दीपेन्द्रसिंह ऐरीको भगमा एक विकेट रह्यो । १२१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले ४६ रन बनाए भने गुल्सन झाले ३८ रन जोड्दा कुशल भुर्तेलले १२ रन बनाए ।

रोहित र गुल्सनले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तको भागमा एक विकेट रह्यो । जितसँगै चार खेलमा चार अंक जोडेको नेपाल फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ भने तीन खेलमा चार अंक नै जोडेको नेदरल्यान्ड्स रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको छ  ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० र नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो भने त्र्स्रो खेलमा  नेपालले नामिबियालाई तीन रनले हराएको थियो । यता नेदरल्यान्ड्सले भने नामिबियालाई ५९ रनले हराएको थियो । अब लिग चरणको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया भिड्दै छन् ।

सम्बन्धित समाचार