हङकङमा हुने त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (सूचीसहित)

हङकङमा यही मार्च १० देखि १३ सम्म आयोजना हुने त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ(क्यानले) आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यस श्रृंखलामा नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित छन् । सिरिजको लागि आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ भने लोकेश बम राष्ट्रिय टोलीमा फर्किएका छन् ।



नेपाली टिम
रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, गुल्शन झा, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, रासिद खान, सन्दीप जोरा, आरिफ शेख, सागर ढकाल र विवेक यादब ।

सम्बन्धित समाचार