सवारी दुर्घटनामा आठ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । धनुषा, जनकपुर उपमहानगरपालिका-२३ बिन्धीस्थित सडकमा प्रदेश २ -०२-‍००१ क ०४३१ नम्बरको स्कुल बसको ठक्करबाट २ जनाको आइतबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया राखी देवी यादव र ५८ वर्षीया देवकली देवी साह रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएकी राखी देवी यादवको प्रादेशिक अस्पताल जनकपुर र देवकलीको स्वस्तिका अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्री अन्य ६ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



त्यस्तै काठमाडौं, काठमाडौं महानगरपालिका-३ धुम्बराही चोकमा ना.८ ख ७१९५ नम्बरको बसको ठक्करबाट दोलखा गौरीशंकर गाउँपालिका-८ बस्ने २७ वर्षीय शरण बहादुर श्रेष्ठको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै नुवाकोट, तादी गाउँपालिका-४ सातबिसे बजारमा बा.३ ख ३५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय डिल्ली बहादुर पाठकको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेमा बागमती प्रदेश ०१-००६ ख २४०२ नम्बरको टिपरले स.९ प १२१२ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने २० वर्षीय टंकल राईको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ सितलपुरमा बागमती प्रदेश ०१००३ क ९७५६ नम्बरको ट्रकले भे.१२ प ३४२२ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बाँके नेपालगंज उपमहानगरपालिका-१ साई गाउँ बस्ने ३४ वर्षीय सुरेश चन्द पाठकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी झापा, मेची नगरपालिका-५ घोडाधिनमा मे.११ प ५७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया देविमाया विकको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी गोरखा, सिरानचोक गाउँपालिका-७ भालुश्वाँरामा बा.९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ नयाँसाघु बस्ने २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार