नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमा एक स्ट्यास लेख्दै उले यस्तो बताएका हुन् ।
उपाध्यक्ष पाण्डेले नयाँ समीकरणसहित सरकार गठन हुने र आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज शपथ लिनेछ ।’
आइतबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा मिलेर जाने ससहमति भएको थियो ।