१५ वर्षीया किशोरीको धारिलो हतियार प्रयोग गरी हत्या

मोरङ, पथरी शनिश्चरे नगरपालिका-७ लामा टोल बस्ने दाम बहादुर राईकी छोरी १५ वर्षीया ज्ञानमती फुलुङ राईको धारिलो हतियार प्रहारबाट सोमबार राति मृत्यु भएको छ ।

राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए ।



घटनालगत्तै विमलले स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । घटना घटेको केही समयमै घटनास्थललाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिनए ।

आफ्नै घर पछाडी रहेको ट्वाईलेट जाने क्रममा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी तथा धरानबाट केनाइनसहितको टोली खटि गई हतियार प्रहार गर्ने व्यक्तिको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार