पाँच वर्षीय बालकले लाइटर खेलाउँदा…

तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो ।



निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले राससलाई जानकारी दिए ।रासस

सम्बन्धित समाचार