त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल र हङकङ भिड्दै 

नेपाल, हङकङ र पपुवा न्युगिनी समिलित त्रिकोणात्मक टी-२० सिरिज आज(आइतबार)देखि हङकङमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आज नेपाल र आयोजक हङकङ भिड्दैछन्  ।

उक्त खेल नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुनेछ । त्रिकोणात्मक टी-२० सिरिजको लागि नेपाली टोली गत बिहीबार हङकङ गएको थियो । त्रिकोणात्मक टी-२० सिरिज पूर्व नेपालले शनिबार हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेलेको थियो जुन नेपाल हङकङसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।



त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल फागुन २९ गते पवुवान्युगिनीसँग खेल्नेछ । नेपाल, हङकङ र पपुवा न्युगिनी समिलित सिरिजमा लिगचरणमा तीनै टीमले समान १-१ खेल खेल्ने छन् र समूहको दुई टोली फाइनल पुग्नेछन् । त्रिकोणात्मक सिरिजको फाइनल खेल फागुन ३० गते हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

 

सम्बन्धित समाचार