त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको लागि नेपाल र पपुवा न्युगिनी भिड्दै  

हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । आज (बुधबार) दुवै टोली उपाधिको लागि भिड्न लागेका हुन् ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान हुने खेल आज नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि आजै बिहान तेस्रो स्थानको लागि हङकङ र हङकङको ‘ए’ टोलीबिच प्रतिस्पर्ध भैरहेको छ । मंगलबार भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । मंगलबारै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।



जितसँगै पपुवा न्युगिनीले दुई खेलमा दुई अङ्क जोड्यो भने समान खेलबाट एक अङ्क जोडेको हङकङ फाइनल पुग्नबाट बञ्चित भयो । त्यस्तै समान खेलमा तीन अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले समान १-१ अंक बाँडेका थिए ।  लिग चरणका शीर्ष दुई टिमले फाइनल खेल्ने तालिका रहेको थियो ।

 

 

सम्बन्धित समाचार