सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २५ हजार ४०० रहेकोमा बिहीबार रु १ लाख २५ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २४ हजार ८०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख २५ हजार २०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै बिहीबारको मूल्य अनुसार नै कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ५१५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार