नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ चैत ।
बुढानीलकण्ठ नगरपालिका–४ चपलीस्थित टहरामा गएराती आगलागी हुँदा सोही टहरामा बस्ने ३५ वर्षीय राजु भण्डारीको घटनास्थलमै जलेर मृत्यु भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै ईटहरी उपमहानगरपालिका–८ स्थित नहरमा डुबेर सोही उपमहानगरपालिका–८ फूलबारी टोल डेरा गरी बस्ने भोजपुर घर भएका १९ वर्षीय अम्बिराज राईको आइतबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।