नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ चैत l
धनुषा, जनकपुर उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित महोत्तरी औरही नगरपालिका-३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जनकुपरधामबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।