नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ चैत l
आफ्नै बुवा ४५ वर्षीय हिराई सदाको हत्या गरेको अभियोगमा सप्तरी, सप्तकोशी नगरपालिका-३ सखबनी नयाँबस्ती बस्ने २२ वर्षीय लालदेव सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा लालदेवले बन्चरो प्रहार गर्दा हिराईको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै लालदेवले बन्चरो प्रहार गर्दा घाइते भएका छिमेकी ६५ वर्षीय दशन सदाको स्थानीय अस्पताल फत्तेपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।