तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

आज बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सयले घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ ।



यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला एक हजार पाँच सय कायम गरिएको छ ।

सम्बन्धित समाचार