स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

सिरहा, लहान नगरपालिका-१ गोलचक्करस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँसहित लक्ष्मिपुर पतारी गाउँपालिका-६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र.०१२-०१-००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।



उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको छ ।

सम्बन्धित समाचार