यस साता कतिले बढ्यो सुनको मूल्य ?

गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य बढेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य ११०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २५ हजार ९०० मा कारोबार भएको थियो । यसअघि गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २५ हजार ४०० र तेजाबी सुनको मूल्य १ लाख २४ हजार ८०० रुपैयाँ थियो ।



जुन, यो साताको शुक्रबारसम्म प्रतितोला ११०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको छ । यता यो साता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । हिजो (शुक्रबार) एक हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी गत साताको शुक्रबार एक हजार ५१५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार