आइपिएलमा राजस्थानको विजयी सुरुवात, मुम्बईमाथि गुजरातको रोमाञ्चक जित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्स र गुजरात टाइटन्स सुखद सुरुवात गरेका भएका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले हरायो भने दोस्रो खेलमा गुजरातले मुम्बई इन्डियन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्यो ।

राजस्थानको घरेलु मैदान जयपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । राजस्थानको लागि कप्तान सन्जु स्यामसनले अविजित रहँदै ८२ रनको अर्धशतकीय पारी खेले भने रियान परागले ४३ रन बनाए । त्यस्तै यस्सवी जैसवालले २४ रन बनाई आउट भए भने धुर्व जुरेलले २० रन जोडे । लखनउका लागि नभिन उल हकले २ विकेट लिए भने मोसिन खान र रवि विश्नोईको भागमा समान १-१ विकेट रह्यो ।



आइपिएल

१९४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनमात्र बनाउन सक्यो । लखनउका लागि निकोलस पुरन र कप्तान केएल राहुलले क्रमश: ६४ र ५८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै दिपक हुडाको २६ रन जोडे । राजस्थानका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए भने नन्द्रे बुर्गर, रभिचन्द्रन आश्विन, युजवेन्द्र चाहल र सन्दीप शर्माको भागमा समान १-१ विकेट रह्यो ।

त्यसैगरी आइतबारकै भएको दोस्रो खेलमा गुजरातले मुम्बई इन्डियन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । गुजरातको घरेलु मैदान अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । गुजरातको लागि साइ सुदर्शनले ४५ रन बनाए भने कप्तान शुभमन गिलले ३१ रन जोड्दा ऋद्दिमान साहाले १९ रन बनाए ।

आइपिएल

यस्तै अज्मतुल्लाह ओमरजाइले १७ रन बनाई आउट भए भने डेभिड मिलरले १२ र राहुल तेवेतीयाले २२ रन जोडे । मुम्बईका लागि जसप्रित बुमराहले ३ विकेट लिए भने जेराल्ड कोट्जेले दुई विकेट लिंदा र पियुष चावलाको भागमा एक विकेट रह्यो । १६९ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनमात्र बनायो । मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ४६ रन बनाए भने रोहित शर्माले ४३ रन जोडे ।

आइपिएल

त्यस्तै तिलक बर्माले २५ रन जोड्दा नमन धिरले २० रन बनाए । गुजरातका लागि अजमुल्लाहा ओमरजाइ, उमेश यादव, स्पेनसर जोनसोन र मोहित शर्माले समान २-२ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार बेलुकी ७:४५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्स भिड्दै छन् ।

सम्बन्धित समाचार