नेपालले आज आयरल्याण्ड ‘ए’ सँग दोस्रो खेल खेल्दै

नेपाल र आयरल्याण्ड ‘ए’बीचको दोस्रो तथा अन्तिम टी-२० खेल आज हुँदैछ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड ‘ए’सँग दिउँसो १ बजे खेल खेल्ने छ । यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको थियो । नेपाल आज आयरल्याण्डलाई पराजित गर्दै सिरिज क्लिन स्विप गर्ने योजनाका साथ मैदान उत्रदै छ भने उता आयरल्याण्डको ‘ए’ टिम पनि घरेलु टोलीलाई पराजित गर्दै सिरिज बराबरी गर्ने योजनामा रहेको छ ।



जारी सिरिजमा नेपालले १-० को अग्रता लिएको छ । यसैगरी आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आयरल्याण्ड ‘ए’सँग अभ्यास खेलका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।

सम्बन्धित समाचार