नेपालले गर्यो आयरल्याण्ड ‘ए’विरुद्धको टी-२० शृंखलामा क्लिन स्वीप

नेपालले आयरल्याण्ड ‘ए’विरुद्धको टी-२० शृंखलामा क्लिन स्वीप गरेको छ । मंगलबार भएको दोस्रो तथा अन्तिम टी -२० खेलमा आयरल्याण्ड ‘ए’ लाई ७१ रनले पराजित गर्दै नेपालले दुई खेलको शृंखला २-० ले क्लिन स्वीप गरेको हो ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका लागि गुल्शनकुमार झाले४६ रन बनाए भने कुशल मल्लको आक्रमक ब्याटिङ गर्दै १३  ३४ रन जोडे ।



त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१ र अनिल साहले १२ रन बनाए । यस्तै आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे ।

आयरल्याण्डका लागि  म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ विकेट लिंदा फिओन ह्यान्ड र गेभिन होईको भागमा समान १-१ विकेट रह्यो । १९९ रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्याण्ड १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटियो ।

आयरल्याण्डका लागि स्टीफन डोहेनीले २६ रन बनाए भने मोर्गन टपिङ २१ रन बनाए । यस्तै केड कार्माइकलले १८ रन बनाई आउट भए भने रोस अडायर र निल रकले समान १७-१७ रन जोड्दा ग्यारेथ डेलानी १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट लिए भने करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवको भागमा समान १-१ विकेट रह्यो ।

सम्बन्धित समाचार