आइपिएलमा चेन्नईद्वारा गुजरात ६३ रनले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले विजयी भएको छ । मंगलबार राति भएको खेलमा चेन्नईले गुजरात टाईटन्सलाई ६३ रनले पराजित हो ।

जारी प्रतियोगितामा चेन्नईको यो लगातार दोस्रो जित हो भने गुजरातको पहिलो हार हो । चेन्नईको घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । चेन्नईका लागि शिभम दुवेले  ५१ रनको अर्धशतकीय पारी खेले भने ओपनरद्वय रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले समान ४६-४६ रन बनाए ।



त्यस्तै ड्यारीयल मिचेल २४ रनमा अविजित रहँदा अजिंक्य रहाणेले १२ रन जोडे । गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहित शर्मा, स्पेन्सर जोनसन र साई किशोरको भागमा समान १-१ विकेट रह्यो । २०७ रनको लक्ष्य लिएर मैदान उत्रेकोगुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १४३ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साई सुदर्शनले  ३७ रन बनाए भने रिद्धिमान शाह र डेबिड मिलरले समान २१-२१ रन जोड्दा विजय शंकरले १२ र अजमतुल्लाह उमरजाईले ११ रन बनाए । चेन्नईका लागि मुस्ताफिजुर रहमान, दिपक चहर र तुसारदेश पान्डेले समान २-२ विकेट लिए भने तथा ड्यारियल मिचेल, मथिशा पथिरानाको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै दुई खेलमा ४ अंक जोडेको चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा एक जित र एक हार सहित २ अंक जोडेको गुजरात छैटौं स्थानमा झरेको छ । जारी प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स नेपाली समय अनुसार ७:४५ बजे हैदराबादमा भिड्दै छन् ।

सम्बन्धित समाचार