सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २६ हजार ८०० रहेकोमा मंगलबार रु १ लाख २६ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २६ हजार २०० रहेकामा मंगलबार प्रतितोला रु १ लाख २५ हजार ८०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा २५ रुपैयाँ घट्दै एक हजार ४९० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ५१५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार