सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (बिहीबार ) सुनको मूल्य १ हजार १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २७ हजार ९०० रहेकोमा बुधबार रु १ लाख २६ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २७ हजार ३०० रहेकामा बुधबार प्रतितोला रु १ लाख २६ हजार २०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै एक हजार ५१० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४९० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार