प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाबीच छलफल भएको हो ।

उक्त भेटमा उहाँहरुबीच सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।



संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्री प्रचण्डले नियमित छलफल गरिरहेका छन् । प्रधामन्त्री प्रचण्डले कांग्रेससंगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएसंगै नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्दै संसद् अवरोध गर्दै आएको छ ।

सम्बन्धित समाचार