आइपिएलमा राजस्थानद्वारा दिल्ली १२ रनले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको  । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजितगरेको हो ।

जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो भने दिल्लीको लगातार दोस्रो हार । जैपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले ४५ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित रहँदै ८४ रनको अर्धशतकीय पारी खेले भने रविचन्द्रन आश्विनले २९ रन बनाए ।



त्यस्तै धुर्व जुरेलले २० रन बनाई आउट भए भने कप्तान सन्जु स्यामसनले १५ र सिम्रन हेटमेयर १४ रनमा अविजित रहे । दिल्लीको लागि खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए । १८६ रनको लक्ष्य लिएर मैदान उत्रेकोदिल्ली निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै  १७३ रनमात्र बनाउन सक्यो ।

दिल्लीका लागि ओपनर डेभिड वार्नरको ३४ बलमा ४९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै  ट्रिस्टन स्टब्स  ४४ रनमा अविजित रहँदा कप्तान ऋषभ पन्तले २८, मिचेल मार्सले २३ र अक्षर पटेले १५ रन जोडे । राजस्थानका लागि नन्द्रे बर्ग र युज्वेन्द्र चाहलले समान २-२ विकेट लिए भने आभेष खानको भागमा एक विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत आज  नेपाली समय अनसार बेलुकी ७:४५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बैंगलुरुमा भिड्दै छन् ।

सम्बन्धित समाचार