सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । शुक्रबार तोलामा २ हजर १०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको हो ।

स्थानीय बजारमा आज (शुक्रबार ) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३० हजार रहेकोमा बिहीबार रु १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २९ हजार ४०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख २७ हजार ३०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार ५२५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ५१० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार