आइपिएलमा गुजरातद्वारा हैदराबाद ७ विकेटले पराजित   

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्स विजयी भएको छ । आइतबार साँझ भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा गुजरातको यो दोस्रो जित हो भने हैदराबादको दोस्रो हार । भारतको अहमदाबादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । हैदराबादको लागि अभिषेक शर्मा र अब्दुल समादले समान २९-२९ रन बनाए भने हेनरीक क्लासेनले २४ रन जोड्दा सहबाज अहमेदले २२, ट्राभिस हेडले १९, एइडन माक्रमले १७ र मंयक अग्रवालले १६ रन बनाए ।



गुजरातका लागि मोहित शर्माले ३ विकेट लिए भने अज्मतुल्लाह ओमारजाई, उमेश यादव, रसिद खान र नूर अहमदको भागमा समान १-१ विकेट रह्यो । १६३ रन लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका लागि डेभिड मिलरले अविजित रहँदै ४४ रनको योगदान दिए भने कप्तान शुभमन गिलले ३६ रन बनाए । त्यस्तै साइ सुदर्शन ४५ रन बनाई आउट भए भने ऋद्दिमान साहाले २५ रन जोडे । हैदराबादको लागि सहबाज अहमद, मायांक मारकन्डे र प्याट कमिन्सले समान १-१ विकेट लिए ।

सम्बन्धित समाचार