आइपिएलमा दिल्लीद्वारा चेन्नई २० रनले पराजित 

इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स विजयी भएको छ । आइतबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा दिल्लीको यो पहिलो जित हो भने चेन्नईको पहिलो हार । विशाखपट्नामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय पारी खेले भने ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।



त्यस्तै पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए भने मिचेल मार्शले १२ बलमा १८ रन जोडे । चेन्नईका लागि मथिसा पथिरानाले ३ र मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान १-१ विकेट लिएका थिए । १९२ रनको लक्ष्य लिएर निदान उत्रेको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो ।

चेन्नाईका लागि अजिंके रहानेले सर्वाधिक ४५ रन बनाए भने महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्दतले ३७ रनमा अविजित रहे । यस्तै ड्यारिल मिचेलले ३४  रन जोड्दा रविन्द्र जडेजाले २१ रनमा अविजित रहँदा शिभम दुवेले १८ रनको जोडे ।

दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिए भने  खालिल अहम्मदले दुई विकेट लिँदाअक्षर पटेलको भागमा एक विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार बेलुकी ७:४५ बजे मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दै छन् ।

 

सम्बन्धित समाचार