सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । सोमबार तोलामा १ हजार ६०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३१ हजार ६०० को नयाँ कीर्तिमानी कायम गरेको हो ।

स्थानीय बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३१ हजार ६०० रहेकोमा आइतबार रु १ लाख ३० हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३० हजार ९५० रहेकामा आइतबार प्रतितोला रु १ लाख २९ हजार ४०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि आइतबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ५३५ मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ५२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार