सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३१ हजार २०० रहेकोमा सोमबार रु १ लाख ३१ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३० हजार ५५० रहेकामा सोमबार प्रतितोला रु १ लाख ३० हजार ९५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ५४५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५३५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्य हिजो (सोमबार) कीर्तिमानी मूल्य कायम गर्दै १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार