सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । बुधबार तोलामा १ हजार ८०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३३ हजारको नयाँ कीर्तिमानी कायम गरेको हो ।

स्थानीय बजारमा आज (बुधबार ) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३३ हजार रहेकोमा मंगलबार रु १ लाख ३१ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३२ हजार ३५० रहेकामा आइतबार प्रतितोला रु १ लाख ३० हजार ५०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा ६५ रुपैयाँ बढ्दै एक हजार ६१० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ५४५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

 

सम्बन्धित समाचार