बस पल्टिँदा विद्यार्थीसहित चारको मृत्यु

भारतमा बस पल्टिँदा विद्यार्थीसहित चारको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार स्कुल बस दुर्घटना हुँदा बसमा सवार तीन जना विद्यार्थी सहित चार जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी लखनउ नजिकैको बाराबंकी क्षेत्रमा उक्त बस सडकमै पल्टिएको थियो ।



बसभित्र करिब ४० जना स्कुलका विद्यार्थी तथा ६ जना शिक्षक रहेको वरिष्ठ प्रहरी जगत रामले बताउनुभएको छ ।

सम्बन्धित समाचार