सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा १ हजार रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३४ हजारको नयाँ कीर्तिमानी कायम गरेको हो ।

स्थानीय बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३४ हजार रहेकोमा बुधबार रु १ लाख ३३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३३ हजार ३५० रहेकामा बुधबार प्रतितोला रु १ लाख ३२ हजार ३५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा ४० रुपैयाँ बढ्दै एक हजार ६५० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६१० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार