आइपिएलमा पञ्जाबद्वारा गुजरात तीन विकेटले पराजित

भारतमा जारी इन्डियर प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा पञ्जाब गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो ।

प्रतियोगितामा पञ्जाबको यो दोस्रो जित हो भने गुजरातको दोस्रो हार । भारतको नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै  १९९ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित अविजित रहँदै ८९ रनको अर्धशतकीय पारी खेले भने साई सुदर्शनले ३३ रन बनाए ।



त्यस्तै राहुल टेवाटियाले २३ रनमा अविजित रहँदा ऋद्धिमान शाह ११ रन जोडे। पञ्जाबको लागि कागिसो रबाडाले २ विकेट लिए भने हरप्रीत ब्रार र हर्षल पटेलको भागमा समान १–१ विकेट रह्यो । २०० रन्को लक्ष्य लिएर मैदान उत्रेको पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पञ्जाबको लागि शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित अविजित रहँदै ६१ रनको अर्धशतकीय पारी भने भने आशुतोष शर्माले ३१ रन बनाए ।

यस्तै प्रभसिम्रन सिंहले ३५ रन बनाई आउट भए भने जोनी बेयरस्टोले २२ र सिकन्दर राजाले १५ रन जोडे ।गुजरातका लागि नुर अहमदले २ विकेट लिए भने आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेको भागमा समान १–१ विकेट रह्यो । जितसँगै पञ्जाब चार खेलमा दुई जित र दुई हार सहित चार अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने समान खेलमा दुई जित र दुई हार सहितचार अंक नै जोडेको गुजरात तालिकाको छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार ७:४५ बजे सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स हैदराबादमा भिड्दै छन् ।

आइपीएलको यो सिजनमा ४-४ खेल खेलेका गुजरात र पञ्जाबले समान २ जित र २ हार बटुलेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र गुजरात छैटौँ स्थानमा रहेका छन् ।

सम्बन्धित समाचार