सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य एक हजार ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३२ हजार ७०० रहेकोमा बिहीबार रु १ लाख ३४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३२ हजार ५० रहेकामा बिहीबार प्रतितोला रु १ लाख ३३ हजार ३५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा ३५ रुपैयाँ बढ्दै एक हजार ६१५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ६५० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्य हिजो (बिहीबार) कीर्तिमानी मूल्य कायम गर्दै १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

 

सम्बन्धित समाचार