आइपिएलमा राजस्थानद्वारा बैंगलोर ६ विकेटले पराजित   

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको छ । शनिबार राति भएको खेलमा राजस्थानले बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा राजस्थानको तो लगातार चौथो जित हो भने  बैंगलोरको चौंथो हार । जयपुरको सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र चार छक्काको मद्दतले अविजित रहँदै११३ रनको शतकीय पारी खेले भने कप्तान फाफ डु प्लेसिसले ४४ रन बनाए ।



राजस्थानका लागि युजवेन्द्र चहलले २ विकेट लिए भने नन्द्रे बर्गरको भागमा एक विकेट रह्यो । १८४ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरो गर्यो । राजस्थानको लागि जोस बटलरले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहँदै १०० रनको शतकीय पारी खेले भने कप्तान सन्जु स्यामसनले ६९ रनको अर्धशतकीय इनिङ्ग्स खेले । त्यस्तै सिम्रन हेटमायरले अविजित रहँदै ११ रन बनाए ।

बैंगलोरका लागि रिस टोप्लीले २ विकेट लिए भने यश दयाल र मोहम्मद सिरजको भागमा समान १-१ विकेट रह्यो ।

सम्बन्धित समाचार