सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । आइतबार तोलामा २ हजार ९०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३५ हजार ६०० को नयाँ कीर्तिमानी कायम गरेको हो ।

स्थानीय बजारमा आज (आइतबार ) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३५ हजार ६०० रहेकोमा शुक्रबार रु १ लाख ३२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३४ हजार ९५० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ३२ हजार ५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा ५५ रुपैयाँ बढ्दै एक हजार ६७० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६१५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार