गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ?

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आइतबार प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ खुवाउनुभएको हो । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य हुनुहुन्छ भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुनुहुन्छ ।



प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

सम्बन्धित समाचार