आइपिएलमा लखनउद्वारा गुजरात ३३ रनले पराजित    

भारतमा जारी १७ औं संस्करणको इन्डियन सुपर लिग (आइपिएल)मा लखनउ सुपर जायन्टस् विजयी भएको छ । आइतबार राति भएको खेलमा लखनउले गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको हो ।

जारी सिरिजमा लखनउको यो तेस्रो जित हो भने गुजरातको भने यो तेस्रो हार हो । लखनउको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । लखनउका लागि मार्कुस स्टोइनिसले ५८ रनको अर्धशतकीय पारी खेले भने कप्तान केएल राहुलले ३३ रन बनाए ।



त्यस्तै निकोलस पुरान ३२ रनमा अविजित रहँदा आयुष बाडोनीले २० रनको योगदान गरे । गुजरातका लागि उमेश यादव र दर्शन नालकन्डेले समान२-२ विकेट लिए । १६४ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा समेटिएको थियो ।

गुजरातका लागि साई सुदर्शनले ३१ रन बनाए भने राहुल टेवाटियाले ३० रन जोड्दा कप्तान शुभमन गीलले १९ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । गुजरातको लागि यस ठाकुरले ५ विकेट लिए भने क्रुनाल पाण्डेयको भागमा ३ विकेट रह्यो ।

जितसंगै लखनउ चार खेलमा ३ जित र १ हार सहित ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने पाँच खेलमा २ जित र ३ हार सहित ४ अंक जोडेको गुजरात सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स चेन्नईमा भिड्दै छन् ।

 

सम्बन्धित समाचार