सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । आइतबार तोलामा ६०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३६ हजार २०० को नयाँ कीर्तिमानी कायम गरेको हो ।

स्थानीय बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३६ हजार २०० रहेकोमा आइतबार रु १ लाख ३५ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३५  हजार ५५० रहेकामा आइतबार प्रतितोला रु १ लाख ३४ हजार ९५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि आइतबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार ६८५ मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ६७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार