माओवादीका तीन मन्त्रीद्वारा राजीनामा

कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीले सोमबार सामूहिक राजीनामा दिनुभएकाे छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो ।



यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचौं अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार