आइपिएलमा चेन्नईद्वारा कोलकाता ७ विकेटले पराजित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । सोमबार राति भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा चेन्नईको यो तेस्रो जित हो भने कोलकाताको पहिलो हार । चेन्नईको घरेलु मैदान चेपाकमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताकाले निर्धारित २० ओभरमा ९ विकेट गमाउँदै १३७ रन बनाएको थियो । कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ३४ रन बनाए भने सुनिल नारेनले २७ रन जोडे ।



त्यस्तै अङ्गकृष्ण रघुवंशीको २४ रन बनाई आउट भए भने रमनदीप सिंहले १३ र आन्द्रे रसेलले १० रन जोडे । चेन्नईको लागि तुसार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३-३ विकट लिए भने मुस्ताफिजुर रहमानले २ विकेट लिँदा महेश थिकसेनाको भागमा एक विकेट रह्यो ।

१३८ रनको सामन्य लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईको लागि कप्तान ऋतुराज गाइकवार्डले अविजित रहँदै ६७ रनको अर्धशतकीय पारी खेले भने शिवम् दुवेले २८ रन बनाए । यस्तै डयारी मिचेलले २५ रन जोड्दा रचिन रवीन्द्रले १५ रन बनाए । कोलकाताका लागि वैभव आरोनले २ विकेट लिए भने सुनिल नारेनको भागमा एक विकेट रह्यो ।

जितसंगै कोलकाता ४ खेलमा ३ जित र १ हार सहित ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने समान खेलमा ६ अंक नै जोडेको चेन्नई रन रेटमा पछि पर्दै चौंथो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे पन्जाब किंग्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।

सम्बन्धित समाचार