सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । मंगलबार तोलामा १०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३६ हजार ३०० को नयाँ कीर्तिमानी कायम गरेको हो ।

स्थानीय बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३६ हजार ३०० रहेकोमा सोमबार रु १ लाख ३६ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३५ हजार ६५० रहेकामा सोमबार प्रतितोला रु १ लाख ३५ हजार ५५० मा कारोबार भएकोे थियो ।



यता आज चाँदीको मूल्य भने स्थिर रहँदै सोमबार कै मूल्य अनुसार कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ६७५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार