आइपिएलमा हैदराबादद्वारा पञ्जाब दुई रनले पराजित

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा हैदराबादले पञ्जाबमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो ।

पञ्जाबको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । हैदराबादका लागि नितिश कुमार रेडीले ६४ रनको अर्धशतकीय पारी खेले भने अब्दुल समादले २५ रन जोडे ।



त्यस्तै, ट्रभिस हेडले २१, अभिनास शर्माले १६ र राहुल त्रिपाठीले ११ रन बनाए । पञ्जावका लागि अर्सदीप सिंहले ४ विकेट लिंदा साम कुरान र हर्सल पटेलले २-२ विकेट लिए । त्यस्तै कागिसो रबडाले १ विकेट लिए । १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनायो ।

पञ्जाबको लागि शिखर धवनले शंसाक सिहले ४६ रन बनाए भने आशुतोष शर्माले ३३ रनको नटआउट इनिङ खेले । यस्तै साम कुरानले २९ रन जोड्दा, शिकन्दर राजाले २८ र जितेश शर्माले १९ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले दुई तथा कप्तान प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले समान १-१ विकेट लिए ।

जारी प्रतियोगितामा अन्तर्गत आज राजस्थान रोयल्स र गुजरात टाइटन्स नेपाली समय अनुसार राति ७:४५ बजे भिड्दै छन् ।

सम्बन्धित समाचार