सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । बुधबार तोलामा ५०० रुपैयाँ वृद्धि भइ सुनको मूल्यले १ लाख ३६ हजार ८०० को नयाँ कीर्तिमानी कायम गरेको हो ।

स्थानीय बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३६ हजार ८०० रहेकोमा मंगलबार रु १ लाख ३६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३६ हजार १५० रहेकामा मंगलबार प्रतितोला रु १ लाख ३५ हजार ६५० मा कारोबार भएकोे थियो ।



यता आज चाँदीको मूल्य पनि मंगलबारको तुलनामा १५ रुपैयाँ बढ्दै एक हजार ७०० मा कारोबार भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार