आइपिएलमा गुजरातद्वारा राजस्थान ३ विकेटले पराजित  

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्स विजयी भएको छ । बुधबार राति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ३ विकेटले परजित गरेको हो ।

जारी सिजनमा राजस्थानको यो पहिलो हार हो भने गुजरातको तेस्रो जित । राजस्थानको घरेलु मैदान जयपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । राजस्थानको लागि लागि रियान परागले ७६ रनको अर्धशतकीय पारी खेले भने कप्तान सन्जु स्यामसनले अविजित रहँदै ६८ रनको अर्धशतकीय इनिङ् खेले ।



त्यस्तै, यश्स्वी जैशवालले २४ रन बनाउँदा सिम्रन हेटमेयर १३ रनमा अविजित रहे । गुजरातको लागि उमेश यादव, राशिद खान र मोहित शर्माले समान १-१ विकेट लिए । १९७ रनको लक्ष्य लिएर मेदन उत्रेको गुजरातले अन्तिम बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । गुजरातका लागि कप्तान शुभमन गिलले अविजित रहँदै ७२ रनको अर्धशतकीय पारी खेले भने साइ सुदर्शनले ३५ रन बनाए ।

यस्तै, रासिद खान २४ रनमा अविजित रहँदा राहुल टेवटियाले २२, विजय शंकरले १६ र साहारुख खानले १४ रन बनाए । राजस्थानको लागि कुलदीप सेनले ३ विकेट लिए भने युजभेन्द्र चाहलले २ विकेट लिँदा आभेश खानको भागमा एक विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर मुम्बईमा भिड्दै छन् ।

सम्बन्धित समाचार