सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य प्रतितोला २०० ले घटेको छ  । स्थानीय बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला   रु १ लाख ३६ हजार ६०० रहेकोमा बुधबार रु १ लाख ३६ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३५  हजार ९५० रहेकामा बुधबार प्रतितोला रु १ लाख ३६ हजार १५० मा कारोबार भएकोे थियो ।



यता आज चाँदीको मूल्य भने स्थिर रहँदै बुधबारको मूल्य अनुसार नै कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजर ७०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार