आइपिएलमा दिल्लीद्वारा लखनउ ६ विकेटले पराजित 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा दिल्लीको यो दिस्रो जित हो भनी लखनउको दोस्रो हार । लखनउको इकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । लखनउका लागि आयुस बडोनीले ५५ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले ३९ रन जोड्दा अर्सद खानले २० रन जोड्दा क्विन्टन डिककले १९ र दीपक होडाले १० रन बनाए ।



दिल्लीको लागि कुलदीप यादवले ३ विकेट लिए भने खलिल यादवले २ विकेट लिँदा इशान्त शर्मा र मुकेश कुमारको भागमा समान १-१ विकेट रह्यो । १६८ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले  १८.१ ओभरमा ४ विकेट गुमाउँदै  पुरा गर्‍याे । दिल्लीको लागि  ज्याक फ्रेसर म्यागुर्कले डेब्युमानै ५५ रनको अर्धशतकीय पारी खेले भने कप्तान ऋषभ पन्तले ४१ रन बनाउँदा पृथ्वी साले ३२ रन जोडे । त्यस्तै त्रिस्टन स्टब्सले १५ र साइ होप ११ रनमा अविजित रहे ।

लखनउको लागि रवि बिश्नोईले २ विकेट लिए भने नभिन उल हक र यश ठाकुरको भागमा समान १-१ विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार राति ७:४५ बजे पञ्जाव किंग्स र राजस्थान रोयल्स भिड्दै छन् ।

सम्बन्धित समाचार