आइपिएलमा राजस्थानद्वारा पञ्जाव ३ विकेटले पराजित  

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स विजयी भएको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा राजस्थानको यो पाँचौं जित हो भने पञ्जावको चौथों हार । पञ्जावको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै  १४७ रन बनाएको थियो । पञ्जावका लागि आशुतोष शर्माले ३१ रन बनाए भने लियम लिभिङस्टोनले २१ रन जोडे । त्यस्तै जितेश शर्माले २९ रन बनाउँदा अथर्व टेइडले र जोनी ब्यारिस्टोले समान १५-१५ रन बनाए।



राजस्थानका लागि आभेस खान र केशव महाराजले समान २-२ विकेट लिए भने ट्रेन्ट बोल्ट, कुल्दीप सेन र युजवेन्द्र चाहलको भागमा समान १-१ विकेट रह्यो । १४८ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले अन्तिम बल बाँकी हुँदा ७ विकेट गुमाउँदै पूरा गर्‍याे । राजस्थानका लागि यश्शवी जैशवालले ३९ रन बनाउँदा सिम्रन हेटमेयर २७ रनमा अविजित रहे ।

यस्तै तन्सु कोटीयनले २४ रन जोड्दा सन्जु स्यामसनले २३ रन बनाए । पञ्जाबका लागि कागिसो रबडा र साम कुरानले समान २-२ विकेट लिए भने अर्सदीप सिंह, लियम लिभिङस्टोन र हर्षल पटेलको भागमा समान १-१ विकेट रह्यो 

सम्बन्धित समाचार