आइपिएलमा कोलकाताद्वारा लखनउ ८ विकेटले पराजित 

भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । आइतबार भएको खेलमा कोलकाताले लखनउ सुपर जाइन्ट्सलाई ८ विकेटले पराजित गरेको हो ।

जारी सिजनमा कोलकाताको यो चौथों जित हो भने लखनउको तेस्रो हार । कोलकातास्थित ईडेन गार्डेन्स रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लखनउका लागि निकोलस पुरनले ४५ रन बनाए भने केएल राहुलले ३९ रन जोड्दा आयुष बदोनीले २९ तथा  क्विन्टन डी काक र मार्कुस स्टोइनिसले समान १०-१० रन बनाए ।



कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट लिए भने वैभव अरोरा, सुनिल नारेन, आन्द्रे रसेल र बरुण चक्रवतीको भागमा समान १-१ विकेट रह्यो । १६२ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १५.४ ओभरमै केवल दुई विकेट गुमाउँदै पुरा गर्‍यो । कोलकाताको लागि ओपनर ब्याट्सम्यान फिल साल्टले ४७ बलमा तीन छक्का र १४ चौकाको मद्दतमा अविजित रहँदै ८९ रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस ऐयर ३८ रनमा अविजित रहे । लखनउका लागि मोहसिन खानले दुई विकेट लिए ।

सम्बन्धित समाचार